काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल १२:३० मा सुरु हुनेछ ।
सिरिजमा दुबै टोलीले सुखद सुरुवात गरिसकेका छन् । यी दुई टोलीले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गर्दै सिरिजमा राम्रो सुरुआत गरेको हो ।
यसअघि नेपाल र मलेसिया ६ पटक टी-ट्वान्टी अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन् । मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ । ५ खेलमा नेपालले बाजी मार्दा मलेसियाले नेपाललाई एक पटक पराजित गरेको छ ।
सन् २०१९ मा नेपालले आईसीसी टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रिय छनोट प्रतियोगिता अघि नेपालले मलेसिया भ्रमण गरेको थियो । दुई खेलको सिरिजमा नेपालले क्लिन स्विप गर्न सफल भएको थियो । नेपालले टी-ट्वान्टी सिरिजमा क्लिन स्विप गरेको त्यो पहिलो पटक हो ।
आईसीसी टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रिय छनोट प्रतियोगितामा समेत नेपालले मलेसियालाई पराजित गर्न सफल रह्यो । सन् २०२० को एसीसी इस्टर्न रिजन टी-ट्वान्टीमा भने नेपाल पहिलो पटक मलेसियासँग पराजित हुन पुग्यो ।
खराब प्रदर्शन गरेको नेपालले सो खेलमा १ सय १५४ रनको लक्ष्य पछ्याउने क्रममा मात्र १ सय ३२ रनमा अलआउट हुँदा २२ रनले पराजित हुन पुग्यो ।
खराब ब्याटिङ गरेको नेपालका ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी र पवन सरार्फले बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
सन् २०२१ नेपालले आयोजना गरेको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा मलेसियालाई दुवै खेलमा पराजित गर्यो । नेदरल्याण्डसमेत रहेको सिरिजमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सिरिज जित्न सफल भएको थियो ।
नेपाल र मलेसियाको हेड टु हेड :
सन् २००७ को कुवेतमा भएको एसीसी टी–ट्वान्टी कपमा नेपालले मलेसियासंग पहिलो पटक खेलेको थियो । सो खेलमा नेपालले २१ रनको जित निकालेको थियो । यस्तै दोस्रो भेट युएईमा सन् २००९ को एसीसी टी–ट्वान्टी कपमा भएको थियो । जुन खेल नेपालले ६ विकेटले हारेको थियो ।
सन् २०१३ को एसीसी टी–ट्वान्टी कप नेपालले आयोजना गर्दा घरेलु टोली नेपाल १९ रनले विजयी भएको थियो । सन् २०१८ को विश्व टी–ट्वान्टी एसिया अन्तर रिजनल छनोटमा प्रतिस्पर्धा गरेका थिए । जुन खेलमा नेपालले ८ विकेटको जित निकालेको थियो ।