काठमाडौं । पाहुना टोली अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटममा पाकिस्तानलाई हराएको छ ।
लाहोरमा मंगलबार भएको खेलमा अष्ट्रेलियाले घरेलु टोलीलाई ८८ रनले हराएको हो ।
अष्ट्रेलियाले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५ ओभर २ बलमा अलआउट हुँदै २ सय २५ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानका इमाम उल हकले १ सय ३ रनको शतकीय इनिङ खेले ।
कप्तान बाबर आजमले ५७ रन जोडे ।
अष्ट्रेलियाका एडम जाम्पाले ४ तथा मिचेल स्विप्सन र टार्भिस हेडले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो ।
अष्ट्रेलियाका टार्भिस हेडले १ सय १ रनको शतकीय इनिङ खेले ।
बेन म्याकडेरमोटले ५५ रनको अर्शशतकीय इनिङ खेल्दा क्यामरुन ग्रीनले अविजित ४० रन बनाए ।
पाकिस्तानका हरिस राउफ र जाहिद महोमदले २/२ विकेट लिए।
यस जितसँगै तीन खेलको सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता बनाएको छ ।