काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ।
पुनेमा मंगलबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले हराउँदै राजस्थानले सुखद सुरुआत गरेको हो।
राजस्थानले दिएको २ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन मात्र बनाउन सक्यो ।
हैदरावादका लागि एडिन माक्रमले ५७ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै वासिङ्गटन सुन्दरले ४० तथा रोमारियो शेफर्टले २४ रन बनाए ।
राजस्थानका युजभेन्द्र चाहलले ३ तथा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमायर २ सय १० रन जोडेको थियो ।
राजस्थानका कप्तान सन्जु सामसनले ५५ रनको अर्धशतकीय इनिङ खेले । देबदुत पडिकलले ४१ रन जोड्दा जोश बट्लरले ३५ रन बनाए ।
शिम्रन हिटमयेरले ३२ तथा यासभी जैशवालले २० रन बनाए ।
हैदरावादका टी नटराजन र उम्रान मलिकले २/२ विकेट लिए ।
जितसँगै राजस्थानले १ खेलमा २ अंक जोडेको छ । हैदरावादले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।