काठमाडौं । राजविराज ब्रदर्शलाई पराजित गर्दै सुनिल धमलाको कप्तानीमा रहेको तिलाठी कोइलाडी जायन्ट्स राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।
अब बुधबार हुने फाइनलमा तिलाठी कोइलाडीले किङ्स राजविराजसँग प्रतिस्पर्धा गर्नेछ ।
राजविराज द किङ र तिलाठी कोइलाडी जायन्ट्स जायन्ट्सले लिग चरणमा ४ खेल खेल्दा समान ३ जित र १ हार बेहोर्दै ६÷६ अंक बटुले ।
लिग चरणको समाप्तिमा टिभीएस किङ्स राजविराज, बजाज खडक वारियर्स र राजविराज ब्रदर्श क्रमशः तेश्रो, चौंथो र पाँचौ स्थानमा रहे।
राजविराजस्थित राज रंगशालामा तिलाठी कोइलाडीले दिएको १३६ रनको लक्ष्य पछ्याएको राजविराज ब्रदर्शले १८ ओभर २ बलमा अलआउट हुँदै १०५ रन मात्र बनायो। ब्रदर्शको लागि निरज कुमार यादव र सोनु तामाङले समान २४ रन तथा विकास दासले १६ रन योगदान दिए।
तिलाठी कोइलाडीको बलिंगमा योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा ३२ रन खर्चिए। यस्तै सुनिल धमलाले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए। यस्तै भुवन कार्कीले २ तथा रोहन विश्वकर्माले १ विकेट लिए।
टस जितेर ब्याटिङ गरेको तिलाठी कोइलाडी जायन्ट्सले २० ओभरमा ८ विकेट क्षतिमा १३५ रन बनाएको थियो।
जायन्ट्सको लागि बिकाश दासले सर्वाधिक ५४ रन बनाए जुन क्रममा ४० बलमा ४ चौका र ३ छक्का प्रहार गरे।अविशेक कार्कीले २४ र सुनिल धमलाले २० रन योगदान दिए। ६९ रनमा ७ विकेट गुमेको अवस्थामा विकासले आठौँ विकेटको लागि अविशेकसंग ६२ रनको साझेदारी गरे।
राजविराज ब्रदर्शका बलर दिपेश कंडेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १२ रन खर्चिए। विक्रम धोज कार्की र प्रशान्त सिंहले २÷२ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच बिकाश दास घोषित भए।
सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेताले ३ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।