काठमाडौं । नेशनल किक बक्सिङ एशोसियसन नेपालको आयोजनामा मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने भएको छ ।
आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत २० देखि २४ गतेसम्म संचालन हुने जनाएको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा २ सय खेलाडीको सहभागिता रहने छ ।
प्रतियोगितामा फूलकन्ट्याक्ट महिला/पुरुष, स्कोरीङ फाइट महिला/पुरुष तथा लाइट कन्ट्याक्ट महिला/पुरुषमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका लागि निरिक्षण गर्न वाको अन्तराष्ट्रियका पदाधिकारीहरु नेपाल आउने बताईएको छ ।
प्रतियोगिता संचालन गर्न १० लाख ५० हजार बढी खर्च लाग्ने आयोजकले जनाएको छ ।