काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले जेनेरल म्यानेजरका लागि ९ जनाको अन्तरवार्ता लिएको छ ।
क्यानको जेनेरल म्यानेजर छनोट समितिले आईतबार दोस्रो चरणमा ९ जनाको अन्तरवार्ता लिइएको क्यानले जनाएको छ ।
यस अघि पहिलो चरणमा १४ जना छनोटमा परेका थिए ।
जेनेरल म्यानेजरका लागि ३४ जनाले आवेदन दिएका थिए ।
रौनक मल्लसँगको सम्झौता अन्त्य भएपछि आवेदन माग गरिएको थियो ।