काठमाडौं । आयोजक न्यूजिल्यान्डले आईसीसी महिला विश्वकप क्रिकेटको सेमिफाइनल सम्भावना जिवितै राखेको छ ।
पाकिस्तानलाई ७१ रनले पराजित गर्दै न्यूजिल्यान्डले अन्तिम चारको सम्भावना कायमै राखेको हो ।
न्यूजिल्यान्डले दिएको २ सय ६६ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन मात्र जोड्न सक्यो ।
पाकिस्तानका लागि निदा दारले सर्वाधिक ५० रन जोडिन् ।
न्यूजिल्यान्डका लागि हनाह रोवीले सर्वाधक ५ विकेट हात पारिन् ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन जोडेको थियो ।
न्यूजिल्यान्डका लागि सुजी बेट्सले १ सय २६ रनको योगदान गरिन् ।
पाकिस्तानका लागि निदा दारले सर्वाधिक ३ विकेट हात पारिन् ।
प्रतियोगिता अन्तर्गत न्यूजिल्यान्डले ७ मध्ये तीन खेलमा जित हात पारेको छ ।
यता पाकिस्तानले भने ७ मध्ये केवल एक खेलमा जित हात पार्न सक्यो ।