काठमाडौं । दिपेन्द्र सिंह ऐरी र देव खनालले पपुवा न्युजिनी (पीएनजी)विरुद्ध सर्वाधिक रनको साझेदारी गर्दै कीर्तिमान बनाएका छन् ।
ऐरी र खनालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालको कुनै पनि विकेटको लागि सर्वाधिक रनको साझेदारी गर्दै कीर्तिमान बनाएका हुन् ।
त्रिवि क्रिकेट मैदानमा यी दुई खेलाडीले शतकीय साझादेरी गरे । २६ ओभरमा ऐरी र खनालले १ सय २९ रनको शतकीय साझेदारी गर्दै कीर्तिमान बनाएका हुन् ।
यसअघि शुक्रबार रोहित पौडेल र आरिफ शेखले पाँचौं विकेटको लागि १ सय ४ रनको साझेदारी गर्दै कीर्तिमान बनाएका थिए ।