काठमाडौं । अष्ट्रेलियाका पूर्व कप्तान स्टेभेन स्मीथले पाकिस्तानविरुद्धको एकदिवसिय र टी–ट्वान्टी सिरिज गुमाउने भएका छन् ।
घरेलु टोली पाकिस्तानविरुद्धको तीन खेलको टेस्टपछि हुने तीन खेलको एकदिवसिय र एक खेलको टी–ट्वान्टी सिरिज स्मीथले गुमाउने भएका हुन् ।
उनको स्थानमा मिचेल स्वेपसनलाई टिममा स्थान दिइएको छ ।
एल्बो इन्जुरीका कारण ३२ वर्षीय स्मीथले सिरिज नखेल्ने भएका हुन् ।
यस अघि टेस्ट सिरिज अष्ट्रेलियाले १–० जित्दा स्मीथ एक मुख्य ब्याट्सम्यानका रुपमा रहेका थिए ।
स्मीथसँगै कप्तान प्याट कमिन्स, मिचेल स्टार्क, जोश ह्याजलउड, डेभिड वार्नर, ग्लेन म्याक्सवेल र केन रिचर्डसनले पनि सिरिज गुमाउनेछन् ।