काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले महिलाको इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०२३ बाट सुरुआत गर्ने तयारी गरेको छ ।
बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले २०२३ बाट महिलाको आईपीएल सुरु गर्न लागिएको बताएका छन् ।
पहिलो संस्करणमा ५ देखि ६ टिमको सहभागिता रहने बताईएको छ ।
महिला आईपीएलका लागि ४ पुरुष आईपीएल टोलीले टिम बनाउन चासो राखेको बताईएको छ ।
पुरुषको आईपीएल शनिबारबाट सुरु हुँदैछ ।
यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ ।