शनिबार, २७ असार २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता सुरु 

शनिबार, ०५ चैत्र २०७८खेलपाटी संवाददाता
सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता सुरु 
Loading ad...
mustang rice ad

पोखरा   । सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता सुरु भएको छ ।

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा शनिबारबाट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिन १६ खेल भएको थियो । जसमा छात्रतर्फ १३ र छात्रातर्फ ३ खेल भएको थियो ।

छात्रतर्फ पहिलो चरणका ८ र दोश्रो चरणका ५ खेल सम्पन्न भए । पहिलो चरण अन्तर्गत भएको खेलमा जनप्रिय माविले तालवाराही माविलाई २५–१९ र २५–१५, भविष्य निर्माण माविले लक्ष्मी माविलाई ३१–२९ र २५–१४, राष्ट्रिय माविले अमरसिंह माविलाई २५–१४ र २५–१८, गोगन माविले छोरेपाटन माविलाई २६–२४ र २५–१४, ईन्द्रराज्य लक्ष्मी माविले भवानी कालिका माविलाई २५–२० र २५–२२, ईन्द्रराज्य माविकै अर्को टिमले विन्ध्यबासिनी माविलाई २५–१९ र २८–२, कालिका माविले वाराही माविलाई २५–१९ र २५–२२ र भद्रकाली माविले राष्ट्रिय मावि (बी)लाई २५–२२ र २५–२३ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरण प्रवेश गरे ।

त्यस्तै शनिबारै भएको छात्रतर्फको दोश्रो चरणको खेलमा गोगन माविले छोरेपाटन माविलाई २५–१४ र २६–२४, ईन्द्रराज्यलक्ष्मी माविले भवानी कालिका माविलाई २५–१७ र २५–२२, शान्ता माविले जनप्रकाश माविलाई २५–१७ र २५–१४ र विन्ध्यबासिनी माविले तालवाराही माविलाई २५–१७ र २५–१९ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल यात्रा तय गरे । अर्को खेलमा गौरीशंकर मनेलाल माविले जनप्रकाश माविलाई वाल्कओभर दियो ।

यसैगरी, शनिबारै भएको छात्रातर्फको खेलमा कन्या माविले ईन्द्रराज्य माविलाई २५–२०, २३–२५ र २५–१७ तथा लक्ष्मी माविले राष्ट्रिय माविलाई २५–६ र २५–१६ को सेटमा पराजित गर्गयो । अर्को खेलमा भने कालिका माविले भद्रकाली माविलाई वाल्कओभर दियो ।

प्रतियोगिता अन्तर्गत दोश्रो दिन आईतबार छात्रातर्फ शान्ता मावि र कन्या मावि, जनप्रिय मावि र लक्ष्मी मावि, विन्ध्यबासिनी मावि र तालवाराही मावि तथा भद्रकाली मावि र अमरसिंह माविबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै छात्रतर्फ शान्ता मावि र राष्ट्रिय मावि, भविष्य निर्माण मावि र ईन्द्रराज्य लक्ष्मी मावि, मेश्रम वराह मावि र गोगन मावि तथा महेन्द्र मावि र जनप्रकाश माविबीच प्रतिष्पर्धा हुनेछ ।

यसअघी ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ चैत ७ गतेसम्म हुने प्रतियोगिताको गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले उद्घाटन गरेकी थिईन् । उनले खेलकुदको विकास र बिस्तार गर्न तीनै तहको सरकार लागि पर्नुपर्ने बताईन् ।

आयोजक सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले प्रतियोगिताले विद्यालय स्तरबाटै भलिबल खेलको विकास गर्न सघाउने बताए । उनले भलिबल खेलकुदको विकास र बिस्तारका लागि सृजना विकास केन्द्र सदैव लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले भलिबलको जग मानिने सामुदायिक विद्यालयमा भलिबल खेलमा पुर्नजागरण ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।  प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । 

प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुका कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु सम्मिलित टिमहरुको सहभागिता छ ।

प्रतियोगितामा उपाधि बिजेता छात्र÷छात्रा दुबै तर्फकालाई एक÷एक लाख, उपबिजेतालाई ५०÷५० हजार र तृतीय हुने विद्यालयलाई ३०÷३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई जनही ५÷५ हजारसहित ट्रफी तथा अन्य उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई १÷१ थान भलिबल प्रदान गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।

Loading ad...
LiNing Ad
सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिबल प्रतियोगिता सुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

न्यु डायमन्डको दुवै टोलीको जित

न्यु डायमन्डको दुवै टोलीको जित

पुलिस स्कुल र डीएभी उपाधिका लागि खेल्ने

पुलिस स्कुल र डीएभी उपाधिका लागि खेल्ने

क्वार्टरफाइनल समीकरण पूरा

क्वार्टरफाइनल समीकरण पूरा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एकै खेलमा दुई ‘अभिशाप’ अन्त्य गर्ने लक्ष्यमा स्पेन

एकै खेलमा दुई ‘अभिशाप’ अन्त्य गर्ने लक्ष्यमा स्पेन

नेपालमा भारत ‘ए’सँग टी-२० सिरिज हुने

नेपालमा भारत ‘ए’सँग टी-२० सिरिज हुने

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

कस्तो होला अर्जेन्टिनाको सुरुआती ११ ?

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

मोरक्कोको ३४ खेलको अपराजित यात्रा अन्त्य

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

फ्रान्स विश्वकप उपाधिको बलियो दाबेदार

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एम्बाप्पेको उत्कृष्ट गोलमा फ्रान्स सेमिफाइनलमा

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

एसिया र अफ्रिकाका टोली सेमिफाइनल पुग्न असफल

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’

यामल भन्छन्, ‘मेस्सीको प्रदर्शन अविश्वसनीय’