काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको संझनामा आठौं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता कार्तिक अन्तिम साताबाट आयोजना हुने भएको छ ।
आयोजक नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले प्रतियोगिता कार्तिक २७ गतेबाट काठमाण्डौमा हुने जानकारी दिएको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने प्रतियोगिताामा पुरुष तथा महिला एकल तथा युगल, यु — १७ छात्र तथा छात्रा एकल र भेट्रान्स (४५ बर्ष माथी) जोडी गरि ७ बिधामा प्रतिस्पर्धा हुने संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी गराए ।
करिब १२ लाख लागतको अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष÷महिला एकलमा शिर्ष तीन स्थान हात पार्नेले मेडल, ट्रफी प्रमाण पत्रका साथै नगद ५० हजार, २५ हजार र १० हजार, युगल तर्फ २०, १० र ५ हजार प्राप्त गर्ने छन् ।
यस्तै यु — १७ तर्फ छात्र तथा छात्रा दुवै तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १५ हजार, ७ हजार र ५÷५ हजार सहित मेडल, प्रमाण पत्र, ट्रफी प्राप्त गर्ने छन् । यसैगरि भेट्रान्स तर्फ बिजयी शिर्ष तीन स्थानकाले मेडल, ट्रफी तथा प्रमाण पत्रका साथै खेलकुद सामाग्री प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा करिव २०० खेलाडीहरुले सहभागित जनाउने आयोजकले जनाएका छन् ।