शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

मेयर धनगढी प्याब्सन कपको सेमिफाइनल समीकरण पूरा 

बुधबार, ०२ चैत्र २०७८खेलपाटी संवाददाता
मेयर धनगढी प्याब्सन कपको सेमिफाइनल समीकरण पूरा 
mustang rice ad

धनगढी । मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

धनगढीस्थित प्रदेश प्रहरीको खेलमैदानमा जारी प्रतियोगितामा बुधबार भएको दुई खेलमा जित निकाल्दै पञ्चोदय र लिटल फ्लावर पनि अन्तिम चारमा प्रवेश गरेका हुन् ।

स्टेपिङ र एरिस्टो भने यस अघि नै सेमिफाइनल पुगिसकेका छन् । 

बुधबार भएको पहिलो खेलमा लिटल फ्लावरले थ्री स्टारमाथि ७४ रनको सानदार जित निकाल्यो ।

टस जितेर ब्याटिङका लागि मैदान उत्रिएको लिटल फ्लावरले निर्धारित १५ ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।

१ सय ४९ रनको विशाल विजयी लक्ष पछ्याएको थ्री स्टारले १२.५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७४ रन मात्रै बनाउन सक्यो । उसका अविनाश विकले १६ र सार्थक सिंहले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन ।

थ्री स्टारलाई सस्तैमा समेट्न लिटलका सार्थक बम र पुष्कर बडुले ३÷३ तथा अनुराग सिंह र नरेन भट्टले समान २÷२ विकेट लिए । त्यस अघि पहिलो इनिङमा लिटलका पारस ऐरले ३२, शैलेश केसीले ३०, नरेन भट्टले २७, दीपेश साहुले अविजित १५ तथा रुपेश थापाले अविजित १४ रन बनाए ।

बलिङ तर्फ सचिन नेगी र पारस भट्टले समान २÷२ तथा किरण साहुले १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच लिटलका सार्थक बम चुनिए ।      

अन्तिम खेलमा पञ्चोदय माध्यमिक विद्यालयले शारदा माध्यमिक विद्यालयमाथि ५ विकेटको जित दर्ता गर्यो।

टस हारेर ब्याटिङको निम्तो पाएको शारदाले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १ सय १० रन बनायो । १ सय ११ रनको विजयी लक्ष पछ्याएको पञ्चोदयले १४.४ ओभरमा ५ विकेट गुमाएर लक्ष भेट्टायो । उसका जीवन थलालले ३४, मदन शाह र सन्देश शाहले समान १५÷१५ तथा तुलाराम ढाटले १४ र सुरेश ऐरले १० रन बनाए ।

त्यस अघि पहिलो इनिङमा शारदाका गौरव कार्कीले एक्लै ७१ रनको सानदार पारी खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । उनले ७१ रन बनाउने क्रममा ६ छक्का र ४ चौका प्रहार गरेका थिए । उसका आयुश ऐरले २३ रन बनाए । खेलको प्लेयर अफ दी म्याच पञ्चोदयका जीवन चुनिए । 

 अब फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा एरिस्टो र स्टेपिङ तथा दोस्रोमा लिटल र पञ्चोदय प्रतिस्पर्धा गर्नेछन् । धनगढी प्याब्सनको आयोजनामा जारी प्रतियोगिताको विजेताले एक लाख एक हजार एक सय ११ रुपैंया र उपविजेताले ५१ हजार एक सय ११ रुपैंया प्राप्त गर्ने प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले जानकारी दिए ।

उनका अनुसार व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडीले १० हजार रुपैंया, ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले समान पाँच हजार रुपैंया सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

LiNing Ad
मेयर धनगढी प्याब्सन कपको सेमिफाइनल समीकरण पूरा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस