काठमाडौं । आईसीसी महिला क्रिकेट विश्वकप अन्तर्गत अष्ट्रेलियाले लगातार जित हात पार्दै सेमिफाइनल नजिक पुगेको छ ।
लगातार चौथों खेल जित्न अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्यो ।
वेस्ट इन्डिजले दिएको १ सय ३२ रनको लक्ष्य अष्ट्रेलियाले मात्र ३ विकेट गुमाएर ३० दशमलब २ ओभरमा पुरा गर्यो ।
अष्ट्रेलियालाई जित दिलाउन राचायल हायनेसले अविजित रहदै सर्वाधिक ८३ रनको योगदान गरिन् ।
बेथ मुनी २८ रनमा अविजित रहिन् ।
वेस्ट इन्डिजका लागि हेली म्याथ्यूज, सामिलिया कोनेल र चिनेले हेनरीले एक–एक विकेट हात पारे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४५ दशमलब ५ ओभरमा अलआउट हुदै १ सय ३१ रनमा समेटियो ।
वेस्ट इन्डिजका लागि कप्तान स्टाफानिया टेलरले सर्वाधिक ५० रनको योगदान गरिन् ।
अष्ट्रेलियाका लागि इलियसे पेरी र असलेघ गार्डनरले समान तीन–तीन विकेट लिए ।
जेस जोनासेनले २ तथा मेगन स्चुटले एक विकेट हात पारे ।
अष्ट्रेलिया चार खेलबाट आठ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने वेस्ट इन्डिज चार मध्ये दुई खेलमा जित निकाल्दै चार अंकसहित पाँचौ स्थानमा रहेको छ ।