नेपालले श्रीलंकाको पूर्व राष्ट्रिय खेलाडी सम्मलित टिमसँग खेल्ने

एजेन्सी । नेपाल आईसीसी विश्कप लिग दूईको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको छ ।
भ्रमणमा नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकाको प्रथम श्रेणीको टिमसँग अभ्यास खेल खेल्दै छ ।
नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्ने तालिका छ ।
दूई खेल श्रीलंका नेभी र एक खेल श्रीलंका पुलिससंग खेलेको नेपालले अन्तिम अभ्यास खेल श्रीलंकाको मिश्रित खेलाडी टिमसँग खेल्ने तालिका छ ।
अन्तिम अभ्यास खेलमा नेपालले श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अन्तिम अभ्यास खेलमा श्रीलंकाको पूर्व राष्ट्रिय खेलाडी सम्मिलित टिमसँग खेल्न लागेको श्रीलंकाको चर्चित द पेपर डट कमले जनाएको छ ।
शुक्रबार हुने खेलमा श्रीलंका मिश्रित टिममा पुर्व क्रिकेटर धमीका प्रशाद, सेकुगे प्रसन्ना, दिलरुवान परेरा, थिसरा परेरा, दिल्सान मुनावेरा, सन्दुन विरक्कोडे र उपल थरंगा रहने पेपरले जनाएको छ ।
श्रीलंकामा अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् ।
नेपालले लिग दुई अन्तर्गतको आफ्नो तेस्रो सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।






-1762758084543.jpg&w=3840&q=75)


-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

