बुधबार, १६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Bhat Bhateni Supermarket Ad

क्यान्सर पिडित बक्सिङका पुर्व अन्तर्राष्ट्रिय रेफ्री मन्जुलाई आर्थिक सहयोग

शुक्रबार, २५ जेठ २०७५खेलपाटी संवाददाता
क्यान्सर पिडित बक्सिङका पुर्व अन्तर्राष्ट्रिय रेफ्री मन्जुलाई आर्थिक सहयोग
Classic Tech Internet Ad

क्यान्सर रोगको उपचार गराईरहेका बक्सिङका पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री मन्जु जंग थापालाई बेलायतमा रहेका पुर्व बक्सिङ खेलाडीहरुले आर्थिक सहयोग गरेका छन् । 

बेलायतमा रहेका पुर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरुले क्यान्सर पिडित रेफ्री थापालाई १ लाख ३ हजार ४ सय रुपैया आर्थिक सहयोग गरेको हो । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघमार्फत उक्त आर्थिक रकम सहयोग आएको हो । उक्त आर्थिक सहयोग नेपाल बक्सिङ संघको रोहबरमा सोमबार रेफ्री थापालाई हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुन बहादुर केसी, खेलाडी संघका उपाध्यक्ष दिपक थापा लगायतले रेफ्री थापालाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

पुर्व खेलाडी सिदार्थ बिक्रम क्षेत्रिको अगुवाईमा बेलायतमा रहेका खेलाडीहरुले रेफ्री थापालाई सहयोग गरेका हुन् । रेफ्री थापालाई बिना गुरुङ, मिनु बस्नेत, सिदार्थ बिक्रम क्षेत्रि, सुरज कार्की, विरेन खड्का, कुस बस्नेत, राजन खकुरेल, झपट भुजेल,जीवन सेन, दिपक श्रेष्ठ र ह्यारी गुरुङले आर्थिक सहयोग गरेका थिए ।

यस्तै कार्यकममा पुर्व खेलाडी एपीएफ क्लबका पूर्ण लामाले १० तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापाले व्यक्तिगत पाँच हजार आर्थिक सहयोग गरेका थिए । त्यसबाहेक संघका पुर्व सदस्य तथा गायक योगेश्वर अमात्यले ५० हजार, पुर्व अध्यक्ष राजिब श्रेष्ठले १५ हजार रकम सहयोग उपलब्ध गराएको समेत संघले जनाएको छ ।

पछिल्लो दुई बर्षबाट फोक्सोको क्यान्सरबाट पिडित रेफ्री थापाले भक्तपुर क्यान्सर हस्पिटलमा उपचार गराईरेहेका छन् । सन् १९८८ बाट रेफ्रीको भूमिकामा देखिएका पुर्व खेलाडी समेत रहेका थापाले क्यान्सरकै कारण पछिल्लो दुईबर्षबाट रेफ्री गर्न छाडेका थिए । ६७ बर्षीय थापाले नेपालमा राष्ट्रिय स्तरको खेलहरु खेलेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

Bajaj Pulsar Motorcycle Ad
टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष  बैठक छाडेर निस्किए !

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष बैठक छाडेर निस्किए !

 प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी  क्वार्टरफाइनलमा

प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

भीएआरसँग हार्‍यो युनाइटेड

भीएआरसँग हार्‍यो युनाइटेड