काठमाडौं । त्रिभुवन आर्मी क्लबका कृष्ण बहादुर बस्नेतले प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि जितेका छन् ।
शनिबार आयोजित म्याराथनमा निर्धारित दुरी २ घण्टा १९ मिनेट ५७ सेकेण्डमा पूरा गर्दै कृष्णले उपाधि जितेका हुन् ।
उपाधिसँगै कृष्णले ३ लाख नगद प्राप्त गरेका छन् ।
आर्मीकै खड्क बहादुर खड्काले दोस्रो स्थान हासिल गरे । उनले २ घण्टा २२ मिनेटको समय निकाले ।
तेस्रो भएका एपीएफका किरण सिंह बोगटीले २ घण्टा २४ मिनेट ४० सेकेण्डको समय निकाले ।
दोस्रो भएका खड्कले २ लाख र तेस्रो भएका किरणले १ लाख पाए ।
होमलाल श्रेष्ठ, राजन रोकाया, नवराज साउद, वेद बहादुर सुनुवार, रमेश मगराती, सगर बुढाथोकी र देवराज बस्नेत क्रमश: चौंथो देखि दशौँ स्थानमा रहे ।
चौथोंले ५० हजार, पाँचौं ३० हजार, छैठौंले २५ हजार, सातौंले २० हजार, आठौंले १५ हजार, नवौंले १० हजार तथा दशौंले ५ हजार प्राप्त गरे ।
महिला हाफ म्याराथनको उपाधि धादिङकी सन्तोषी श्रेष्ठले जितिन् ।
१३ औं सागकी स्वर्ण पदक विजेता सन्तोषीले निर्धारित दुरी १ घन्टा १३ मिनेट ४२ सेकेण्डमा पूरा गरिन् ।
उपाधिसँगै सन्तोषीले ७५ हजार प्राप्त गरिन् ।
नेपाल पुलिसकी राजपुरा पछाईले १ घण्टा १५ मिनेट २२ सेकेण्डको समयसहित दोस्रो र आर्मीकी विश्व रुपा बुढाले १ घण्टा १८ मिनेट १२ सेकेण्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरिन् ।
राजपुरले ५० हजार र विश्व रुपाले ३५ हजार प्राप्त गरिन् ।
हाफ म्याराथनको पुरुषतर्फ आर्मीका गजेन्द्र राईले उपाधि जिते । उनले निर्धारित दुरी १ घण्टा ३ मिनेट ४२ सेकेण्डमा पूरा गरे ।
आर्मीकै दीपक अधिकारी १ घन्टा ३ मिनेट ४५ सेकेण्डको समय निकाल्दै दोस्रो र बाग्लुङका तिर्थकुमार पुन १ घन्टा ४ मिनेट ५३ सेकेण्डको समयसहित तेस्रो भए ।
पुरुषमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार प्राप्त गरे ।