काठमाडौं । सर्वाधिक पुरस्कार राशीको १० किलोमिटरको केटीएम रन टेन केमा १ हजार बढीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोजक शेर्पा आउटडोरले भोलि शनिबार काठमाडौंमा हुने केटीएम रनमा १ हजार बढी सहभागीले नाम दर्ता गरेको जनाएको छ ।
शेर्पा आउटडोरको केटीएम सिटीले पहिलो पटक सर्वाधिक पुरस्कार राशीको केटीएम रन आयोजना गरेको हो ।
प्रतियोगितामा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र जितबहादुर केसीले पनि दौडने छन्।
हरेक अंग्रेजी नयाँ वर्षको जनवरी अन्तिम साता सुरु गर्ने लक्ष्य सहित सुरु गरिएको प्रतियोगिता कोभिडका कारण शनिबार गर्न लागिएको हो ।
महिला र पुरुष गरि दुई स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिताको विजेताले ट्रफी सहित समान १ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथौं हुनेले २० हजार, पाँचौ हुनेले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सातौंदेखि दशौं स्थान सम्म प्राप्त गर्ने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
केटीएम रनको रुट काठमाडौंको दरबारमार्गबाट सुरु भएर भद्रकाली हुँदै सिंहदरबार, माईतिघर, बानेश्वर पुगेर पुन माईतिघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएरै समापन हुनेछ ।