मंगलबार, कार्तिक १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Bhat Bhateni Supermarket Ad

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ सय १ धावक

शुक्रबार, फागुन ६, २०७८नारायण क्षेत्री
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ सय १ धावक
Classic Tech Internet Ad

 पोखरा  । १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता भोलि (शनिबार)  आयोजना हुँदै छ ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने खुल्ला म्याराथन अन्तर्गत ४२.१९५ किलोमिटर म्याराथन विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना हुने धावकले ३० हजार प्राप्त गर्ने छन् ।

त्यस्तै २१.१९५ किलोमिटरको महिला हाफ म्याराथन विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुने धावकले १५ हजार प्राप्त गर्ने छन् । 

प्रतियोगितामा भारत, केन्या, फ्रान्स, युके, ओमन, आयरल्याण्ड र अमेरिकाका गरी १४ जना विदेशी खेलाडीहरुले सहभागिता जनाउने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।

त्यस्तै विभागीयतर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित १७ जिल्लाबाट खुल्ला म्याराथनमा १ सय ६२ र महिला हाफ म्याराथनमा ३९ गरी कुल २०१ जना धावकहरुले सहभागिता जनाउँदै छन् ।

पोखरा रंगशालाबाट बिहान ७ बजे सुरु हुने दौड पोखराका विभिन्न भाग परिक्रमा गरी पुनः रंगशालामा नै आएर समापन हुने छ । कोभिड १९ लाई मध्यनजर गर्दै अन्य ६ वटा इभेन्ट भने आगामी चैत १२ गते आयोजना गरिने छ । महिला÷पुरुष १० किमि दौड, विद्यालय स्तरीय छात्र÷छात्रा ५ किमि, महिला÷पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड दोस्रो चरणमा हुने भएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च र १ करोड ५ लाख आम्दानी हुने अनुमान गरिएको मञ्चका महासचिव कृष्णप्रसाद तिम्लिसिनाले बताए । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने छन् ।

प्रतियोगितालाई २०७२ सालदेखि पोखराको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिले मुख्य प्रायोजन गर्दै आइरहेको छ ।

 

Bajaj Pulsar Motorcycle Ad
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ सय १ धावक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजयलाई

Bajaj Pulsar Motorcycle Ad
अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

एभरेस्ट महिला भलिबल लिगका बाँकी खेल कार्तिकको अन्तिम सातादेखि

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

एनेसले दिए अफगानिस्तान टोलीको जिम्मेवारीबाट राजीनामा

‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति