ओमान जाने नेपाली क्रिकेट टोलीको बिदाइ

फाइल तस्बिर
काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन ओमान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मंगलबार ओमान जान लागेको नेपाली टोलीलाई बिदाइ गरे । गहतराजले भर्चुअल माध्यमबाट खेलाडीहरुलाई बिदाइ गरेका हुन् ।
कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान) ले भर्चुअल माधयमद्धारा बिदाइ कार्यक्रम आयोजना गरेको हो । विश्वकपमा छनोटका लागि हुने खेलका लागि नेपाली टोली आज मंगलबार साँझ ६:३० बजे ओमान प्रस्थान गर्ने तालिका रहेको छ ।

खेलाडीहरुलाई बिदाइ गर्दै मन्त्री गहतराजले विश्वकपका लागि ग्लोबल छनोट भएर आउन शुभकामना दिए । नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगती गरेको भन्दै मन्त्री गहतराजले यस पटक विश्वकपकालागि नेपाली टोली छनौट हुनेमा आफु विश्वस्त रहेको बताए। नेपाली विरता सम्झीएर खेल्न समेत मन्त्री अथकले खेलाडीहरुलाई आग्रह गरे ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बिगतमा देखिएका कमिकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए । साथै खेलाडीहरुलाई उच्च मनोवलकासाथ उत्कृष्ट खेल प्रदर्शनकालागि समेत शुभकामना दिए ।
बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला लगाएतको उपस्थिती रहेको थियो ।
ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ ।
समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ ।












-1768908116031.jpeg&w=3840&q=75)


-1768897962219.jpg&w=3840&q=75)
-1768893498186.jpeg&w=3840&q=75)