काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकप खेलेका अफगानिस्तान एक खेलाडीसहित चारजनाले बेलायतमा शरण खोज्न थालेका छन् ।
वेस्ट इन्डिजमा भएको विश्वकपमा सहभागी भएर अफगानिस्तान टिमका एक खेलाडी तथा तीन पदाधिकारी सिधै बेलायत उडेका थिए ।
तर ती खेलाडी र पदाधिकारीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार एक खेलाडी र तीन पदाधिकारी बेलायतको राजधानी लन्डन पुगेको तथा उनीहरुले त्यहाँ शरण मागेका हुन् ।
तालिवानहरु सत्तामा आएपछि पहिलो पटक अफगानिस्तानको क्रिकेट खेलाडी तथा पदाधिकारीहरु अन्य देशमा शरण खोजेको बताइएको छ ।