काठमाडौं । धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि संघीय सरकारले जग्गा उपलब्ध गराएको छ।
सुदुरपश्चिम प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद बैठकले फाप्ला अन्तराष्ट्रिय रंगशालालाई ३८ बिगाहा जग्गा उपलब्ध गराएको हो ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेल ग्राम निर्माण अभियान (ड्रिम फाप्ला) का अभियन्ता सुवाश शाहीले रंगशाला निर्माणका लागि सरकारले ३८ बिगाहा जग्गा उपलब्ध गराएको जनाएका छन् ।
क्रिकेटको शहर मानिने धनगढीस्थित फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने अभियान सुरु भएको करिब ८ वर्ष पूरा भईसकेको छ ।
फाप्लाकै लागि केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट बजेट समेत विनियोजन हुँदै आईरहेको थियो ।
तर, जग्गा विवादको कारण रंगशाला निर्माणको काम अघि बढ्न सकेको थिएन । सरकारबाट जग्गा उपलब्ध भएपछि रंगशाला निर्माण कार्यले तीव्रता पाउने भएको छ ।