काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरुले परिषद्को बोर्ड बैठक बोलाउन माग गरेका छन् ।
राखेपका १३ सदस्यहरुले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजलाई पत्र लेख्दै बोर्ड बैठक बोलाउन माग गरेको हो।
यस अघि परिषद्को बोर्ड बैठक २०७८ असार २९ गतेका लागि निर्धारण गरिएको थियो ।
तर, मन्त्रिपरिषदमा फेरबदल भएपछि बोर्ड बैठक बस्न सकेको थिएन ।
'आजसम्म ७ महिना बितिसक्दा पनि परिषद्को बैठक बस्न नसकेकाले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १० को उपदफा ४ बमोजिम परिषद्को बैठक बोलाउन संयुक्त रुपमा अनुरोध गर्दछौं,' पत्रमा भनिएको छ ।