काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस)ले कोभिड–१९ को प्रतिकुल अवस्थामा स्वयंसेवी भूमिकामा निर्वाह गर्न मातहतका निकायलाई परिपत्र जारी गरेको छ ।
महासंघका अध्यक्ष रमेश पौडेलले सोमबार विशेष परिपत्र जारी गर्दै कोभिडको सभ्भावित जोखिम र त्यसबाट हुन सक्ने जनधनको क्षती न्युनिकरणका लागि आफ्नो क्षेत्रमा स्वयंसेवीको भूमिका निर्वाह गर्न मातहतका कमिटीलाई अपिल गरेका छन् ।
महासंघले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई ध्यान दिदै कोभिडविरुद्धको अभियानमा जुट्न मातहतका सम्पूर्ण कमिटीलाई आग्रह गरेको हो ।
महासंघले माघ १५ गतेसम्म कुनैपनि भेला, गोष्ठि तथा सभा सम्मेलन आयोजना नगर्न समेत सुचित गरेको छ ।
सरकारले माघ १५ सम्म भिडभाडजन्य गतिविधि गर्न रोक लगाएको छ ।
महासंघले यसअघि कोभिडको बढ्दो संक्रमणलाई केन्द्रित गरेर ‘नेकोसको आह्वान, कोभिड नो भिड’को नारा सहित राष्ट्रिय अभियान सुरु गरेको थियो ।