नारायण क्षेत्री
पोखरा । पोखरामा पुस ८ देखि ११ गते सम्म १४ औं हिसान स्पोर्टस् मिट आयोजना हुने भएको छ ।
पोखरा रंगशालामा सञ्चालन हुने स्पोर्टस् मिटमा भलिबल, टेबल टेनिस, ब्याडमिन्टन तथा बास्केटबल गरी कुल ४ इभेन्टमा ३ हजार विद्यार्थीहरुले सहभागिता जनाउने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीका अध्यक्ष यामबहादुर रोकाले बताए ।
कक्षा ११,१२ र विश्वविद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ । स्पोर्टस मिट अन्तर्गत ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थी र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले छुट्टाछुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।
कक्षा ११ अन्तर्गत वास्केटबल र भलिवल तथा कक्षा १२ अन्तर्गत दुवै इभेन्टमा छात्र ७० र छात्रा ७० गरी १४० टिमले सहभागिता जनाउने हिसान कास्कीका उपाध्यक्ष दीवाकर जैशीले बताए ।
त्यसै गरी टेवल टेनिस र व्याडमिन्टनमा छात्र÷छात्राले सिंगल्स तथा डवल्समा सहभागिता जनाउने छन् भने कलेज तथा विश्वविद्यालयका छात्र÷छात्राहरुले बास्केटबल, टेवल टेनिस र व्याडमिन्टन गरी ३ इभेन्टमा सहभागिता जनाउनेछन् । कार्यक्रमको गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजीव गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।