सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुद मन्त्रीले भने, 'राखेपभित्रको खाली जमिन भलिबललाई'

आइतबार, ०४ पौष २०७८खेलपाटी संवाददाता
खेलकुद मन्त्रीले भने, 'राखेपभित्रको खाली जमिन भलिबललाई'

नेपाल भलिबल संघको कार्यक्रममा खेलकुद मन्त्री महेश्वर गहतराज । फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप)भित्रको खाली जमिन भलिबल खेललाई दिने प्रतिबद्धता जनाएका छन् । 

आईतबार नेपाल भलिबल संघले आयोजना गरेको खेलाडी बिदाई कार्यक्रममा मन्त्री गहतराजले राखेपभित्र रहेको खाली जमिन भलिबललाई दिलाउन आफु लाग्ने बताए । 

'राखेपभित्र एउटा खाली जमिन रहेको थाहा पाए । शनिबार राखेपको नवनिर्मित भवनको अनुगमन गर्दा पुरानो स्विमिङ पुल भत्किएको देखेको थिए ।' उनले भने, 'मेरो कार्यकालभरी त्यो जमिन तपाईहरुलाई दिलाउन लाग्छु ।'

उनले मन्त्रीस्तरबाट हुने भए पनि मन्त्रीपरिषदबाट आवश्यक पर्ने भएपनि आफुले राखेपभित्रको जग्गा भलिबललाई उपलब्ध गराउने प्रतिबद्धता जनाए । 

'कुनै तरिका, कुन विधि र कुन प्रक्रियाले हुन्छ । त्यसको हल म गर्छु ।' उनले भने ।

नेपालको राष्ट्रिय खेल भलिबलको आफ्नै कभर्डहल छैन । कभर्ड हल नहुँदा भलिबलका खेलाडीले सुविधाजनक रुपमा प्रशिक्षण गर्न पाएका छैनन् । 

भलिबलले त्रिपुरेश्वरको कभर्डहलमा प्रशिक्षण तथा प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

तर विभिन्न खेलले कभर्डहलमा प्रतियोगिता आयोजना गर्दा भलिबलको कार्यक्रम बेला बेलामा प्रभावित हुँदै आएको छ । 
संघले एकपटक मुलपानीमा समेत भलिबलको कभर्डहलका लागि जग्गा पाएको थियो । तर अन्तिम समयमा स्थानीय तहले सो जग्गा भलिबललाई दिन मानेन । 

कभर्डहलको अभावमा भलिबल खेलका प्रशिक्षण र प्रतियोगितामा गम्भिर असर पर्दै आएको छ । 

जग्गा अभावमा भलिबलका लागि सरकारले विनियोजन गरेको कभर्डहलको डीपीआर बजेट समेत फ्रिज हुँदै आएको छ । 

गत वर्ष सरकारले भलिबल कभर्डहलको डीपीआरका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर जग्गा प्राप्तिको काम सम्पन्न नहुँदा सो रकम फ्रिज भएको थियो । 

यस वर्ष समेत सरकारले डीपीआरका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । तर जग्गा प्राप्तिको काम सम्पन्न नहुँदा सो रकम समेत यस वर्ष ब्रिज हुने अवस्थामा छ ।  

Loading ad...
LiNing Ad
#भलिबल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

 भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

भलिबलकी कप्तान अरुणाको सम्मानमा शालिक

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

काभा वुमन्स लिगमा तेस्रो भयो पुलिस

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

नवौं मेयर भोजपुर गोल्डकप बैशाख ६ गतेबाट

चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान