आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेपमा नयाँ ८ बोर्ड सदस्य मनोनित

शुक्रबार, १० मंसिर २०७८हिम बिक्रम केसी
राखेपमा नयाँ ८ बोर्ड सदस्य मनोनित

राखेपको बोर्ड सदस्यमा मनोनित भएपछि सामुहिक तस्विर खिचाउँदै राखेपका नयाँ बोर्ड सदस्य तस्बिर - मनोज थापा/खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ८ जना नयाँ बोर्ड सदस्य नियुक्त गरेका छन् ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारमा मनोनित ९ जना बोर्ड सदस्यलाई मंसिर ३ गते पदमुक्त गर्ने निर्णय गरेका गहतराजले माओवादी केन्द्रमा आबद्ध खेलकर्मीलाई समेट्दै ८ जना बोर्ड सदस्य नियुक्त गरेका छन् ।

मन्त्री गहतराजले परिषद् अध्यक्षको हैसियतामा बिहीबारको निर्णय अनुसार विज्ञको रुपमा लामा पेमा डोल्मा र जनक प्रसाद बर्तौलालाई नियुक्त गरेका छन् ।

खेलकुद विकास ऐनको दफा ३ को उपदफा २ को ठमा खेल विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टिडोपिङ विज्ञमध्यबाट अध्यक्षले एक महिला सहित दुई जना मनोनित गर्न पाउने व्यवस्था छ । सोही अनुसार फुटबलकी डोल्मा र तेक्वान्दोका बर्तौला मनोनित भएका हुन् ।

उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व हुने गरि बर्दियाका दिपेन्द्र विष्ट र शाहसीक तथा पर्यटकीय खेलकुद महासंघबाट प्रतिनिधित्व हुने गरि मोहमद फाजिललाई बोर्ड सदस्यमा मनोनित गरिएको छ ।

ऐनको उपदफा २ को णमा उद्योग वाणिज्य महासंघको सिफारिसमा एक जना र उपदफा २ कै तमा परम्परागत, साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी एक जना अध्यक्षले मनोनित गर्न पाउने व्यवस्था छ ।

यस्तै, खेलकुद संघको सिफारिसमा श्रीमान थापा मगर, अन्जन धमला, बिना श्रेष्ठ, प्रकाशकुमार कुसारीलाई मनोनित गरिएको छ ।

ऐनको उपदफा २ को ढमा सम्बन्धित राष्ट्रिय खेल संघको विधान बमोजिम निर्वाचित संघका पदाधिकारी वा सदस्यमध्येबाट सम्बन्धित संघको सिफारिसमा अध्यक्षले दुई महिला सहित कम्तिमा ५ जना सदस्य मनोनित गर्न पाउने व्यवस्था छ ।

खेलकुद संघको सिफारिसमा अझै एक महिला मनोनित हुन बाँकी छ ।

मनोनित भएका प्रकाशकुमार कुसारी लटार्डो युनिभर्सल संघबाट आएका हुन् भने बिना नवाछे श्रेष्ठ एथ्लेटिक्स संघ, अन्जन धमला र श्रीमान थापा मगर तेक्वान्दो महासंघबाट प्रतिनिधित्व गर्छन् ।

मनोनित बोर्ड सदस्यले शुक्रबार बिहानै पद तथा गोपनियताको शपथ लिएका छन् ।

मन्त्री गहतराजले मंसिर तीन गते ९ जना बोर्ड सदस्यलाई सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पदमुक्त गर्ने निर्णय गरेका थिए । पदमुक्त भएका मध्य ५ जना बोर्ड सदस्यले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

बिहीबार अदालतले बोर्ड सदस्यलाई पदमुक्त गर्ने आदेश कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’