काठमाडौं । पाट कुमिन्स अष्ट्रेलियाको पुरुष टेस्ट क्रिकेट टिमको कप्तान बनेका छन् ।
विवादमा परेपछि टिम पेनले एक हप्ता अगाडी कप्तानीबाट राजिनामा दिएका थिए ।
पेनले क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम लिने निर्णय गरेलगतै कुमिन्सलाई कप्तानमा चयन गरिएको हो ।
पूर्व कप्तान स्टेभेन स्मिथलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।
कुमिन्सलाई इंग्ल्यान्डविरुद्धको पाँच टेस्टको एसेस सिरिज अघि कप्तानको जिम्मेवारी दिइएको हो ।
अष्ट्रेलिया र इंग्ल्यान्डबीचको पहिलो टेस्ट डिसेम्बर ८ मा ब्रिसबेनमा सुरु हुनेछ ।
कुमिन्सले कप्तान बन्न पाएकोमा खुसी व्यक्त गर्दै टिम पेनझै नेतृत्वदायी भुमिका निर्वाह गर्ने आशा व्यक्त गरे ।