आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

जो छन् सदस्य सचिवको दौडमा

शुक्रबार, १० मंसिर २०७८हिम बिक्रम केसी
जो छन् सदस्य सचिवको दौडमा
Loading ad...
mustang rice ad

काठमाडौं । प्रचण्ड चाहन्छन्, सदस्य सचिव ‘हेभिवेट’को होस् । दुखद विषय, माओवादी केन्द्रभित्र ‘हेभिवेट’को सदस्य सचिव भेट्न गाह्रो भईरहेको छ ।

‘हेभी’ छाडेर थोरैपनि ‘वेट’ भएको सदस्य सचिवका लागि माओवादी आन्तरिक गृहकार्यमा छ । प्रचण्ड भन्थे, खेलकुदको प्रचण्ड युवराज लामा हो । उनै लामा अहिले खेलकुदमा छैनन् । पर्यटन प्रबद्र्धन र चुरे संरक्षणको अभियानमा लामा अहिले क्रियाशिल छन् । उमेरको मापदण्ड मिल्थ्यो भने, सायद उनै सदस्य सचिवका ‘हेभिवेट’ उम्मेदवार बन्थे ।

माओवादीको खेलकुदमा जनवर्गिय संगठन छ, अखिल नेपाल खेलकुद महासंघ । महासंघको नेतृत्वकर्ता शिव कोईराला राखेपका उपाध्यक्ष छन् । खेलकुदमा माओवादीले आफ्नो आकार र आयतन बढाउनै सकेन । नेतृत्व विकास गर्नै सकेन, संगठित गर्नै सकेन । राष्ट्रिय राजनीति जस्तै खेलकुदमा पनि माओवादी नेतृत्वदायी भुमिका भन्दा च्याखे थाप्ने ‘क्रिया’मै सिमित छ ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि खेलकुदमा माओवादीको झण्डा बोकेका कराँतेका ध्रुव बिक्रम मल्ल भर्खरै राप्रपा प्रवेश गरेका छन् । खेलकुदमा माओवादीको ‘हरिबिजोग’ छ । त्यसैले माओवादीभित्र सदस्य सचिवको बलियो दाबेदार देखिएका छैनन् ।

सदस्य सचिवका लागि रिक्त पदमा युवा तथा खेलकुद मन्त्रालयले खुल्ला दर्खास्त माग गरेको छ । तर निवेदन दर्ताको संख्या निकैनै कम देखिन्छ । सबैलाई थाहा छ, खेलकुद मन्त्रालय माओवादीको भागमा छ । माओवादी केन्द्रको शक्तिकेन्द्र खुमलटार र खेलकुद मन्त्री महेश्वर गहतराजबाट ग्रिन सिग्नर प्राप्त नगरि निवेदन दर्ता गर्नुको खास अर्थ छैन ।

बुधबारसम्म शुन्य प्राय देखिएको सदस्य सचिवको दाबीमा बिहीबार टंकलाल घिसिङले निवेदन दर्ता गराएका छन् । पार्टी संगठनमा प्रोफाइल भएका नेता र खेलकुदको आबद्धताका हिसाबले छिसिङले निवेदन दर्ता गरेर राखेप सदस्य सचिवमा दाबी प्रस्तुत गरेका छन् ।

माओवादी शसस्त्र बिद्रोहमा आबद्ध भएको पृष्ठभुमीदेखि माओवादी केन्द्रको बागमती प्रदेश कमिटिका सदस्यका हिसाबले घिसिङलाई सदस्य सचिवको बलियो दाबेदार मानिएको छ । खेलकुदमा उनी रग्बी संघको अध्यक्ष छन् । एसियन रग्बी महासंघको कार्यसमितिमा निर्वाचित भएपछि उनी थप चर्चामा आएका थिए ।

रामेछापको जिल्ला राजनीतिमा समेत राम्रो प्रभाव राख्ने छिसिङ एक समय हितबहादर तामाङ मन्त्री हुँदा स्वकिय सचिवको रुपमा काम गरेका थिए । सदस्य सचिवको दौडमा घिसिङ सामेल भैरहदाँ तामाङ सहितका माओवादी पृष्ठभुमीका नेताहरु उनलाई सदस्य सचिव बनाउनुपर्ने लबिङमा छन् । माओवादीको खेलकुदमा राम्रो प्रभाव राख्ने नेताहरुनै खुलेर लागेपछि सदस्य सचिवमा घिसिङको सम्भावना बढी देखिन्छ ।

माओवादीभित्र खेलकुदको संगठनको रुपमा अखिल नेपाल खेलकुद महासंघ क्रियाशिल छ । त्यसको नेतृत्व राखेप उपाध्यक्ष शिव कोईरालाले गर्छन् । माओवादीभित्र सदस्य सचिवको खोजी हुँदै गर्दा महासंघले स्वभाविक रुपमा दाबी प्रस्तुत गरेको छ । त्यसमा महासंघका वरिष्ठ उपाध्यक्ष राजकुमार कार्की र अन्जन धमलाको नाम छलफलमा छ ।

महासंघका दुई नेतालाई अघि सारेर उपाध्यक्ष कोईराला राजनीतिक लबिङमा छन् । धमलाले शुक्रबार बिहानै राखेप बोर्ड सदस्यको रुपमा मनोनित भएर 'सरप्राइज' पाएका छन् । महासंघको उपाध्यक्ष रहेका अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सदस्य किरण राई समेत सदस्य सचिवको दौडमा थिए । उनी महासंघ भन्दा पूर्वी क्षेत्रको राजनीतिक लबिङलाई जोड दिईरहेका छन् ।

पार्टी सरकारमा गएपछि विभिन्न प्रदेशबाट खेलकुदमा आबद्ध नेताले सदस्य सचिवमा जोड गरेका छन् । तत्कालिन मध्यपश्चिम तथा लुम्बिनी प्रदेशबाट अकलबहादुर बमको दाबीलाई समेत माओवादीको राजनीतिक नेतृत्वले गम्भिरता पूर्वक लिएको देखिन्छ ।

भलिबलमा पूर्व राष्ट्रिय खेलाडी बमले तत्कालिन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको समेत नेतृत्व गरेका थिए । मध्यपश्चिम खेलकुदको समग्र नेतृत्व गरेका हिसाबले उनले अहिले केन्द्रिय नेतृत्वमा समेत दाबी गरेका छन् ।

पश्चिमबाट बमको दाबी जस्तै पूर्वबाट माओवादीको किरण गिरीको नाम समेत सिफारिस छ । माओवादीभित्र पूर्वको खेलकुका हस्ती मानिने गिरीलाई प्रदेश नम्बर एकको खेलकुद परिषद्कै सदस्य सचिवको रुपमा हेरिएको थियो । तर गिरीले तत्काल प्रदेशमा जाने मन गरेका छैनन्, उनको सिफारिस केन्द्रमै देखिन्छ । केन्द्रमा सम्भव नभए उनलाई प्रदेश नम्बर एकको प्रदेश खेलकुद परिषद्को सम्भावित सदस्य सचिवको रुपमा हेरिएको छ ।

माओवादीको जनवर्गिय संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल)का संयोजक सुमन देवकोटाको नाम समेत सदस्य सचिवको रुपमा चर्चामा छ । कास्की जिल्ला खेलकुद विकास समितिको अध्यक्षको रुपमा देवकोटाको भुमिकालाई धेरैले प्रशंसा गरेका थिए । सोही कारण उनलाई समेत युवाको नेतृत्व हुने गरि सदस्य सचिव बनाउनुपर्छ भन्ने लबिङ पार्टीभित्र देखिन्छ ।

तर वाइसीएल निकट स्रोत भने देवकोटा आफै रवीराज राजकर्णिकारलाई सदस्य सचिव बनाउन हिडेको बताउँछ । राजकर्णिकार नेपाल घोडचढी संघका अध्यक्ष हुन् । संघले भर्खरै अन्तराष्ट्रिय मान्यता समेत पाएको छ ।

सदस्य सचिवको रुपमा चर्चामा रहेका अर्का पात्र हुन्, राखेपका पूर्व सदस्य सचिव केशवकुमार विष्ट । नेकपा एकीकृत समाजवादीको खेलकुद महासंघका संयोजक बनेका विष्ट सदस्य सचिवको दौडमा देखिन्छन् ।

राष्ट्रिय राजनीतिमा एक अर्काको सारथी जस्तै बनेका माओवादी केन्द्र र एकीकृत समाजवादीले सदस्य सचिवमा भागबण्डा गर्ने सम्भावना पनि उत्तिकै देखिन्छ ।

एकीकृत समाजवादीका खेलकुदका नेताहरु मन्त्रालय माओवादीको भागमा परेकाले सदस्य सचिवमा विष्टलाई सिफारिस गर्नुपर्ने भन्दै लबिङमा रहेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत यस विषयमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्ने आश्वासन दिएका छन् ।

राजनीतिक गठनबन्धनलाई थप कसिलो बनाउन माओवादी केन्द्रले सदस्य सचिवमा एकीकृत समाजवादीप्रति उदारता देखाउने सम्भवनापनि उत्तिकै छ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’