विश्वकप छनोट : नेपालले आज मलेसियाको सामना गर्दै

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको चौंथो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज शुक्रबार मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र मलेसियाको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।
ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले मलेसियाविरुद्ध जित हात पार्नुपर्ने हुन्छ । त्यसैले नेपाल जित निकाल्ने योजनामा हुनेछ ।
सन् २०१९ मा भएको दुई भेटमा नेपालले मलेसियालाई हराएको थियो । नेपाल त्यस जितलाई कायम राख्न चाहन्छ । मलेसिया भने नेपालसँग यस अघि व्यहोरेको हारको बदला लिन चाहन्छ ।
प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।
नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।
यस्तै नेपालले बिहीबार कुवेतलाई ९ विकेटले हराउँदै विश्वकपको ग्लोबल छनोट पुग्ने सम्भावना जिवितै राखेको छ । मलेसियाले भने तीन खेलमा मात्र एक जित निकालेको छ ।
नेपाल ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मलेसिया २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
प्रतियोगिताको पाँचौ खेलमा नेपालले आइतबार युएईविरुद्ध खेल्ने छ ।
छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।






-1764236044054.jpeg&w=3840&q=75)
%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764294451367.webp&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)


