काठमाडौं । वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बागमती प्रदेशले जित हात पारेको छ ।
मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ७५ रनले पराजित गरेको हो ।
२ सय १४ रनको लक्ष्य पछ्याएको गण्डकी ४३ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ३८ रन मात्र जोड्न सक्यो ।
गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ५५ रन जोडे । उनले ६ चौका र एक छक्का प्रहार गरेका थिए ।
बागमतीका प्रतिस जिसी र तिलक बहादुर भण्डारीले समान तीन–तीन विकेट हात पारे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमती ४८ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय १३ रन जोड्यो ।
बागमतीका लागि विवेक राना मगरले सर्वाधिक ८९ रनको योगदान गरे । विवेकले १ सय ११ बलको सामना गर्दा ११ चौका र ३ छक्का प्रहार गरे ।
प्रतिश जिसीले २२ तथा प्रतिक श्रेष्ठले १७ रन जोडे ।
गण्डकीका तर्फबाट सुदिप अर्याल, कमल परियार र अभिशेक थापाले समान तीन–तीन विकेट लिए ।
मंगलबार बागमतीले प्रदेश नं. १ सँग २६ रनको पराजय भोगेको थियो ।