काठमाडौं । पाहुना टोली वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको पहिलो दिन श्रीलंकाले बलियो पकड बनाउन सफल भएको छ ।
गालेस्थित मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोली श्रीलंकाले पहिलो दिनको समाप्तीपछि मात्र ३ विकेट गुमाएर २ सय ६७ रन जोड्न सफल भएको हो ।
श्रीलंकाका लागि कप्तान दिमुथ कारुनारत्नेले शतक पुरा गरेका छन् । उनी १ सय ३२ रनमा अविजित छन् ।
ओपन पाथुम निसान्काले अर्धशतक पुरा गरे । उनले ५६ रनको योगदान गरे । निसान्काले कारुनारत्नेसँग पहिलो विकेटका लागि १ सय ३९ रनको साझेदारी गरेका थिए ।
यता धनन्जय डि सिल्भा ५६ रनमा अविजित छन् । सिल्भाले कारुनारत्नेसँग चौथो विकेटका लागि ९७ रनको अविजित साझेदारी गरेका छन् ।
ओसाडा फर्नान्डो र एन्जेलो म्याथ्यूज समान तीन–तीन रनमा आउट भए ।
वेस्ट इन्डिजका रोस्टन चेजले सर्वाधिक २ विकेट हात पार्दा शानोन गाव्रिएलले एक विकेट लिए ।
वेस्ट इन्डिज दुई टेस्टका लागि श्रीलंकाको भ्रमणमा आएको छ ।