काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आइतबार बाँकेको कोहलपुरमा राष्ट्रिय महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका छन् ।
कोहलपुरनगरपालिकाको वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले सो एकेडेमीको शिलान्यास गरेका हुन् ।
मन्त्री पदमा नियुक्ती भएसँगै मन्त्री गहतराजले महिला क्रिकेट एकेडेमीको निर्माण गर्ने घोषणा गरेका थिए ।
शनिबार नेपालगंज म्याराथनमा समेत सहभागिता मन्त्री गतहराजले एकेडेमी निर्माणका लागि फास्ट ट्रयाकमा डिपिआर तयार भएको बताउदै केही
दिनभित्रै निर्माण प्रक्रिया अघि बढाइने प्रतिवद्धता व्यक्त गरे ।
मन्त्री गहतराजले आफ्नै कार्यकालमा एकेडेमीको निर्माण कार्य सक्ने समेत दावी गरे ।
एकेडेमीमा होस्टेल सुविधा रहने तथा रात्रीकालिन खेल संचालन समेत गर्न सकिने गरी पूर्वाधार निर्माण गरिनेछ ।
एकेडेमी निर्माणका लागि १ अर्ब २२ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।