काठमाडौं । अष्ट्रेलियाका कप्तान टिम पेनले टेस्ट क्रिकेटको कप्तानी छाडेका छन् ।
होबार्टमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पेनले टेस्ट टिमको कप्तानी छाडेको घोषणा गरेका छन् ।
'आज म अष्ट्रेलियाको पुरुष टेस्ट टिमको कप्तानब छाडेको घोषणा गर्दैछु । यो कठिन निर्णय हो तर मेरो परिवार र क्रिकेटको लागि सही निर्णय हो,' पेनले भने ।
पेन पछिल्लो समय विवादित बनेका छन् । महिला सहकर्मीलाई सन्देश पठाएको विषयमा क्रिकेट अष्ट्रेलियाले उनीमाथि छानबिन गरिरहेको छ ।
पेन सन् २०१८ मा टेस्ट टिमको कप्तान चयन भएका थिए ।
पेन अष्ट्रेलियाका ४६ औं टेस्ट कप्तान हुन् ।
इंग्ल्यान्डविरुद्धको एसेस सिरिज अघि पेनले कप्तानी छाडेका हुन् ।
एसेस सिरिज अन्तर्गतको पाँच खेलको टेस्ट आगामी डिसेम्बरमा हुनेछ ।
पहिलो टेस्ट डिसेम्बर ८ मा ब्रिसबेनमा सुरु हुनेछ ।