प्रदिपलाई कांस्य
शनिबार, असोज २७, २०७५खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । रसियामा भएको युरोपियन हाप्किडो च्याम्पियनसिपमा प्रदीप थापाले कांस्य पदक दिलाएका छन् ।
शनिबार भएको खेलमा प्रदीपले ७२ केजी तौल समूहमाथि कांस्य पदक जित्न सफल भएको नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगरले जानकारी दिए ।
द युनियन अफ हाप्किडो फेडेरेसन रसियाको आयोजनामा सेन्ट पिटर्सबर्गमा भएको च्याम्पियनसिपमा कांस्य जित्दै प्रदिपले पहिलोपटक हाप्किडोमा अन्तर्राष्ट्रिय पदक दिलाए ।
उक्त प्रतियोगिता अल स्टाइल स्पोर्टस्मा भएको थियो । च्याम्पियनसिपमा संघका प्रमुख प्रशिक्षक लानम लामा र टिम व्यवस्थापकमा दीपेन्द्र तामाङ रहेका थिए ।
च्याम्पियनसिपमा अमेरिका, भारत, रसिया, अर्मेनिया, इरान, अस्ट्रिया, जर्मनी र नेपाललगायत १ दर्जन राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

