कतारविरुद्ध सिताको अर्धशतक
बिहिबार, मंसिर २, २०७८खेलपाटी संवाददाता
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अहिले तेस्रो तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा कतारविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको हो ।
कतारविरुद्ध नेपालकी सिता राना मगरले अर्धशतक पूरा गरेकी छिन् ।
सिताको यो पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय अर्धशतक हो ।
सिताले ४७ बलमा ५० रन पूरा गरेकी हुन् । सिताले ४ चौका प्रहार गरिन् ।
यस अघिको खेलमा नेपालकी कप्तान रुबिना क्षेत्री र इन्दु वर्माले अर्धशतक बनाएकी थिइन् ।









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

