काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको सचिवमा दामोदर रेग्मी नियुक्त भएका छन् ।
रेग्मी यस अघि गण्डकी प्रदेशको मुख्य सचिव रहेका थिए ।
तर, खेलकुद मन्त्रालयले काज सरूवा मागेर रेग्मीलाई मन्त्रालय बोलाएको हो ।
खेलकुद मन्त्रालय झन्डै दुई महिनायता सचिव विहीन रहेको थियो ।
तत्कालिन सचिव केदार न्यौपाने असोज १२ गतेबाट अनिवार्य अवकाशमा गएपछि मन्त्रालय सचिव विहीन बनेको थियो।
नयाँ खेलकुद मन्त्री महेश्वर गहतराज नियुक्त भएपछि मन्त्रालयले नयाँ सचिव ल्याउन गृहकार्य गरेको थियो ।
सचिव नहुँदा मन्त्रालयका गतिविधि समेत प्रभावित बनेको थियो ।