काठमाडौं । माघको तेस्रो साता सुरु हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि उप समिति गठन गरिएको छ । प्रतियोगितालाई व्यवस्थित तरिकाले सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषदले तयारी उपसमिति गठन गरेको हो ।
परिषद्ले प्रतियोगिताकालागि ११ उप समिति गठन गरेर त्यसका संयोजक समेत तोकेको छ । परिषद्का अनुसार गठन गरिएको उपसमितिमा अनुगमन उपसमिति, स्रोत परिचालन उपसमिति, खेल सामाग्री तथा पोसाक उपसमिति, सुरक्षा उपसमिति, अनुशासन उपसमिति, स्वास्थ्य उपसमिति, समारोह उपसमिति, खेल स्थल तथा भौतिक पुर्वाधार उपसमिति, आवास तथा भोजन उपसमिति, यातायात उपसमिति, प्रचार प्रसार उपसमिति, रहेका छन् ।
उपसमिति संयोजकले आवश्यकताका आधारमा ९ जना सदस्यलाई समावेश गर्दै तयारीको कामलाई अघि बढाउनेछन् ।
परिषद्का अनुसार अनुगमनको संयोजकमा शैलेश कर्माचार्यलाई तोकिएको छ । स्रोत परिचालनमा अर्जुन केसी, खेल सामाग्री तथा पोशाकमा देवकुमार अधिकारी, सुरक्षामा अेकेन्द्र कुँवर, अनुशासनमा डा श्याम श्री वास्तव, स्वास्थ्यमा उपेन्द्र पौडेल रहेका छन् ।
त्यस्तै, समारोहमा विनोद मैनाली, खेल स्थल तथा भौतिक पुर्वाधारमा भिम ओली, आवास तथा भोजनमा विरेन्द्र श्रेष्ठ, यातायातमा उपेन्द्र यादव र प्रचार प्रसारमा रोहित दाहाल रहेका छन् ।
प्रतियोगिताकालागि खेलकुदमन्त्रीको संयोजकत्वमा मुल आयोजक कमिटि गठन भईसकेको छ । त्यस्तै सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिति समेत बनिसकेको छ । प्रतियोगिता माघ २५ बाट फागुन ३ गतेसम्म प्रदेश नम्बर ५ मा आयोजना गरिदैछ ।