काठमाडौं । सिग्नेर मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक शुलेमान श्रेष्ठले खेलाडीको प्रर्दशनबाट आफु सन्तुष्ट नभएको बताएका छन् । लिगको पहिलो खेलमा ब्रिगेड ब्वाईजविरुद्व जित निकालेपनि प्रशिक्षक श्रेष्ठले राष्ट्रिय टिमका खेलाडीको प्रर्दशनमा असन्तुष्टि जनाए ।
‘हामीसंग प्रशस्त राष्ट्रिय खेलाडी छन् । आजको खेलमा पनि थिए । तर उनीहरुले जस्तो खेल्नुपर्ने हो, त्यो अनुसारको खेलेनन् । आशा गरौ आगामीमा खेलमा त्यो प्रर्दशन देख्न पाउनेछौ ।’ उनले भने ।
बिग्रेड ब्वाइजका प्रशिक्षक उर्जन शेष्ठले आफ्नो खेलाडीले सोचेको भन्दा राम्रो खेलेको बताए ।
‘खेलमा मैले कुनै बिदेशी खेलाडी खेलाएको थिएन । सबै नयाँ अनुहार मात्र थिए । उनीहरुले सोचे भन्दा राम्रो खेल पस्किए ।’ उनले भने ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङले पुनरागमन जित निकालेको हो । मनाङको जितमा अफ्रिकन खेलाडी ओलावले आफिजले दुई गोल गरे । हेमन गुरुङले एक गोल थपे । सुरुवाती गोल ब्रिगेडका रजक तिवारीको नाममा रह्यो ।