काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र विभागीय टोली एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
शुक्रबार भएको खेलमा हिमालयन र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टोलीले पाएको केहि मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएका हुन् ।
बराबरीसंगै हिमालयन र एपीएफले एक एक अंक पाएका छन् । खेलमा हिमालयनका आशिष गुरुङ म्यान अफ दि म्याच चुनिए ।
लिग अन्तर्गत शुक्रबार नै ब्रिगेड ब्वाइज र सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ ।
लिगमा पुलिस, थ्री स्टार र संकटाले ३/३ अंक जोडेको छ ।