काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्समा बिहिबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १ - ० ले पराजित गर्यो ।
पुलिसको जितमा अजित भण्डारीले निर्णायक गोल गरे । अजितले खेलको ३१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
खेलमा पुलिसका तेज तामाङ म्यान अफ दि म्याच चुनिए ।

जितसंगै पुलिसले ३ अंक जोड्दै लिगको सुरुवात गरेको छ । जावलाखेलले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल हुनेछ ।
बिहान ११ बजे हुने खेलमा हिमालयन शेर्पा क्लब र सशत्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लबबीच दिउसो ३ बजे खेल हुनेछ ।