काठमाडौं । सात पटकको सहिद स्मारक 'ए' डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई सिग्नेचरले मुख्य प्रायोजन गरेको छ ।
रक्सी कम्पनि सिग्नेचरले मनाङलाई एक वर्षको लागि प्रायोजन गरेको हो । मनाङ र सिग्नेचरबीच बिहिबार प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतासंगै राजधानीमा जारी पल्सर सहिद स्मारक 'ए' डिभिजन लिगमा मनाङले सिग्नेचर अंकित जर्सी लगाउनेछ । मनाङले शुक्रबार ब्रिगेड ब्वाइजसंग खेल्दैछ ।
मनाङले सिग्नेचरसंगको प्रयोजन सम्झौता रकम भने खूलाएको छैन ।
यसअघि मनाङको मुख्य प्रायोजकमा हुन्डाई रहदै आएको थियो ।