काठमाडौं । टी-ट्वान्टी विश्वकपको इतिहास हेर्दा नेदरल्यान्ड्सले पटक पटक राम्रो नतिजा निकाल्न सफल भएको छ ।
नेदरल्यान्ड्सले इंग्ल्यान्डमाथि सन् २००९ र २०१४ मा हासिल गरेको चर्चित जित कसले बिर्सन सक्छ र ?
ती जितहरुलाई बोकेर प्रतियोगितामा आउदा नेदरल्यान्ड्समाथि पटक पटक दबाब पर्ने भएपनि युवा तथा अनुभवी खेलाडीको साथ पाएको नेदरल्यान्ड्स पटक पनि इतिहास दोहोर्याउन आशावादी हुनेछ ।
नेदरल्यान्ड्सले सन् २००९ मा आफ्नो डेब्यु विश्वकपलाई यादगार बनाएको थियो । लर्डस मैदानमा भएको उदघाटन खेलमै नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई चार विकेटले पराजित गरेको थियो । उक्त खेलमा नेदरल्यान्ड्सले १ सय ६३ रनको लक्ष्य पूरा गरेको थियो ।
नेट रन रेटका आधारमा समूह चरणबाट बाहिरिएपनि नेदरल्यान्ड्सले भविष्य निर्माणका लागि सकारात्मक संकेत देखायो । ती संकेतहरुले तत्कालै राम्रो नजिता देखाउन सकेन र नेदरल्यान्ड्स सन् २०१० र २०१२ मा भएको विश्वकपमा भने छनोट हुन सकेन ।
तर, जब उनीहरु सन् २०१४ मा विश्वकपमा फर्किए, युएई र आयरल्याण्डलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भए । आयरल्याण्डमाथिको जित भने यादगार थियो । १ सय ९० रनको लक्ष्य नेदरल्यान्ड्सले १४ ओभरमै पूरा गर्यो ।
दोस्रो चरणमा नेदरल्यान्ड्सले पुनः इंग्ल्यान्डलाई ४५ रनले पराजित गर्न सफल भयो तर त्यो उसको प्रतियोगिताको अन्तिम खेल थियो ।
सन् २०१६ मा पहिलो चरणमा आफ्नो समूह अन्तर्गत दोस्रो हुन पुग्यो । जसमा बंगलादेश पहिलो स्थानमा रहदै दोस्रो चरणमा प्रवेश गर्यो ।
यस पटक रायन टेन डोस्काटे, वेन कुपर, रोयलफ भान डेर मेर्वी र पिटर सिलार जस्ता खेलाडीको सहयोगमा नेदरल्यान्ड्स दोस्रो चरणमा प्रवेश गर्ने तथा पहिलोको भन्दा अझ राम्रो नजिता निकाल्नेमा आशावादी छ ।
चिरपरिचित अनुहारसंगै नेदरल्यान्ड्सको टोलीमा नयाँ खेलाडीहरुपनि छन् जो आफ्नो छाप छोड्न लालायित छन् । अब मुख्य प्रशिक्षक रायन क्याम्पवेलको हातमा यो छ कि उनीहरुलाई एक ढिक्का बनाउन सकुन जसले गर्दा नेदरल्याण्ड्सले विश्वकपको यात्रा सुखद बनाओस् ।
-आईसीसीको सहयोगमा