काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का, वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल तथा नेपाल क्रिकेट संघका सदस्य छुम्वी लामाले क्रिकेट एक्सेलेन्स सेन्टर सञ्चालन गर्ने भएका छन् ।
काठमाडौंको बालुवाटारमा होस्टेलसहितको क्रिकेट एकेडेमी सञ्चालन गर्न लागिएको तथा यसको उद्घाटन तिहार पछि गरिने छुम्वी लामाले खेलपाटीलाई जानकारी गराए ।
विगत ८ वर्षदेखि क्रिकेट व्यवस्थापनमा लागेका लामाका अनुसार सबै उमेर समूहका लागि होस्टेल र एकेडेमी संचालन गरिनेछ । निर्माण कार्य जारी रहेका कारण के कति खर्च लाग्नेबारेमा अझै भन्न नसकिने अवस्था रहेको लामाले बताए ।
उनीहरुले मंगलबार नै क्रिकेट एक्सेलेन्स सेन्टरको लोगो सार्वजनिक गरेका छन् ।
खड्काले हालसालै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएपछि मल्लले नेपाली टोलीको कप्तानी सम्हाल्दै आएका छन् ।