बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. ओमानको विश्वकपको यात्रा र संघर्ष

ओमानको विश्वकपको यात्रा र संघर्ष

२०२१ अक्टोबर ११, सोमबारखेलपाटी संवाददाता

ओमानको विश्वकपको यात्रा र संघर्ष

काठमाडौं । कुनै समय ओमानको फोहोर क्रिकेट मैदानमा जलसेनाको टुकडीले क्रिकेट खेल्ने गर्दथे ।

उक्त क्रिकेट मैदान अहिले ओमान क्रिकेट एकेडेमी ग्राउण्डको रुपमा चिनिन्छ,जहाँ ओमानले अक्टोबर १७ तारिखबाट आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप २०२१ आयोजना गर्दैछ ।

युएई र ओमानले संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकपको पहिलो खेलपनि ओमानमै खेलाईदैछ ।

यहाँ हामी विश्वकप आयोजना गरिरहेको ओमानले क्रिकेटमा गरेको उदयको चर्चा गर्दैछौ । यो भन्न पर्याप्त छ कि ओमानले क्रिकेटमा ऐतिहासिक परिवर्तन देखेको छ । र, ती परिवर्तनहरु कनास्की खिम्जीको सपनाबाट प्रेरित छन् ।

सन् १९७९ मा गठन भएको ओमान क्रिकेट बोर्डका संस्थापक अध्यक्ष खिम्जीलाई ओमान क्रिकेटको पुर्खाको रुपमा लिइन्छ र त्यसैको परिणामस्वरुप ओमानको अहिलेको राष्ट्रिय क्रिकेट टोली हो ।

अन्य व्यावसायिक जीवनसंगै क्रिकेटको हरेक विकासमा योगदान गरेबापत खिम्जीलाई तत्कालिन सुल्तान कबुसले उनलाई शेखको उपाधि दिए । खिम्जीले सन् २०११ मा आईसीसी लाईफटाईम सर्भिस अवार्ड समेत प्राप्त गरे ।

May be an image of one or more people, people playing sports and people standing

गत फेब्रुअरीमा निधन हुनु अघि खिम्जीले ओमान क्रिकेट एकेडेमी ग्राउण्डलाई टेष्ट मैदानको मान्यता प्रदान गरियो । खिम्जीको निधनपछि उनका छोरा तथा ओमान क्रिकेट बोर्डका दीर्घकालिन सदस्य पंकजले सो जिम्मेबारी सम्हालेका छन् ।

विश्वकपको सह आयोजकको जिम्मा पाएको ओमान यो महिना युएईसंगै क्रिकेटको केन्द्रको रुपमा रहनेछ । मैदानमा देखाएको क्षमताका कारण विश्वकपको एक लडाकुको रुपमा उभ्याएको ओमानका लागि सह आयोजकको भूमिका भनेको उसको व्यवसायिकताको एक प्रमाण पनि हो ।

ओमानले क्रिकेटमा गरेको चामत्कारिक उदयलाई केवल अफगानिस्तानसँग तुलना गर्न सकिन्छ । सन् २००० मा आईसीसीको एफिलियट सदस्यता प्राप्त गरेको ओमानले सन् २०१४ मा एसोसियट सदस्यता प्राप्त गर्यो ।

सन् २०१६ सम्म आईसीसी विश्व क्रिकेट लिगको डिभिजन फाईभमा रहेको ओमानले चामत्कारिक रुपमा सोही वर्ष भारतमा आयोजना भएको टी-ट्वान्टी विश्वकपका लागि छनौट भयो । सो प्रतियोगिताको पहिलो खेलमै उसले आयरल्याण्डलाई पराजित गर्न सफल भयो । त्यसपछि पनि ओमानको प्रगति कायम छ र उसले सन् २०१९ मा एकदिवसिय टोलीको मान्यता प्राप्त गर्यो ।

टी-ट्वान्टी विश्वकपमा डेब्यू गरेको पॉच वर्षपछि ओमानले पुन विश्वकप खेल्दैछ, र यसपटकको यात्रा पनि चुनौतीपूर्ण नै रह्यो । विश्वकपका लागि सन् २०१९ मा भएको छनौटबाट अन्तिम टोलीको रुपमा विश्वकपमा प्रवेश गरेको ओमानलाई विश्वकपका लागि छनौट हुने टोलीको रुपमा हेरिएको थिएन तर उसले अन्तिमसम्म संघर्ष गर्यो । छनौट प्रतियोगिता अन्तर्गत समूह चरणमा दोस्रो स्थानमा रहेको ओमानले सेमिफाईनल प्लेअफमा नामिवियासँग पराजित भयो ।

May be an image of grass

विश्वकपका लागि केवल शीर्ष ६ स्थानमा रहने टोलीले छनौट हुने अवस्थामा ओमानले हङकङलाई जसरी पनि पराजित गर्नुपर्ने अवस्थामा आईपुग्यो । र, उसले हङकङलाई पराजित गरी विश्वकपको यात्रा तय गर्यो ।

ओमानको क्रिकेटलाई नजिकबाट हेर्दा उसले राम्रो भन्दा राम्रो टोलीलाई पराजित गर्नसक्ने क्षमता राख्दछ तर एउटामात्र कुरामा ध्यान दिनुपर्ने हुन्छ त्यो हो समान प्रदर्शन गर्नसक्ने निरन्तरता र स्थिरता । सन् २०१५ मा टी-ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता प्राप्त गरेको ओमानले ३६ खेल खेलेको छ जसमध्ये १९ मा खेलमा पराजय भोगेको छ ।

दुईपटक आयरल्याण्डलाई पराजित गरेको ओमानले भने सन् २०२० मा कतारसंग अप्रत्यासित पराजय भोगेको थियो । यस विश्वकपमा राम्रो प्रदर्शनका लागि ओमानका लागि कन्सीस्टेन्सी (निरन्तरता) खोज्नु आवश्यक छ । र आफ्नै घरेलु मैदानको फाईदा उठाउन पनि सक्छ ।

-आईसीसीको सहयोगमा

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

Bhat Bhateni
४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

मेसीको गोलसँगै जितको लयमा फर्कियो मियामी

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक