टी-ट्वान्टी विश्वकप विजेताले १.६ मिलियन पुरस्कार पाउने
आइतबार, २४ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो । जसअन्तर्गत विजेताले १.६ मिलियन पाउने छन् ।
यस्तै उपविजेताले ८००,००० अमेरिकी डलर पाउने छन् । सेमिफाइनल पुग्ने टोलीले ४००,००० अमेरिकी डलर पाउने छन् ।
टी-ट्वान्टी विश्वकप युएई र ओमानमा अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म संयुक्त रुपमा आयोजना हुँदैछ ।
विश्वकपमा १६ टिमको सहभागिता रहनेछ ।











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
