काठमाडौं । युएई र ओमानमा संयुक्त हुन लागेको आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) अर्थात निर्णय समिक्षा प्रणाली प्रयोगमा आउने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले पुरुषको अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो पटक डीआरएस लागू गर्न लागेको हो ।
आईसीसीका अनुसार प्रतियोगितामा प्रत्येक टोलीले प्रत्येक इनिङ्समा दुईवटा रिभ्यू पाउनेछ ।
आईसीसीले ढिलो हुने अथवा वर्षाले प्रभावित हुने खेलका लागि ओभरहरुको संख्या समेत बढाउने निर्णय गरेको छ । डीएल प्रणाली अनुसार खेलको नजिताका लागि समूह चरणमा प्रत्येक टोलीले कम्तिमा पाँच ओभर ब्याटिङ गर्नुपर्ने छ जुन टी-ट्वान्टीको लागि सामान्य हो । तर, सेमिफाईनल र फाइनलमा भने खेलको नजिताका लागि एउटा टिमले कम्तिमा १० ओभर ब्याटिङ गर्नुपर्नेछ ।
सन् २०१८ मा डीआरएस लागू गरिएको थियो र यो पहिलो पटक सन् २०१८ मा भएको महिलाको टी-ट्वान्टी विश्वकपमा लागू गरिएको थियो ।