काठमाडौं । चितवन टाइगर्सका बलर सागर ढकाल चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा प्लेयर अफ द सिरिज चुनिएका छन् ।
चितवनलाई उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका स्पिनर सागर प्लेयर अफ द सिरिज चुनिएका हुन् । उनले प्रतियोगितामा कुल १४ विकेट लिएका थिए ।
प्लेयर अफ द सिरिज बनेसँगै सागरले बजाज पल्सर एनएस २ सय सिसीको मोटरसाइकल प्राप्त गरेका छन् ।
यस्तै चितवनका भीम सार्की इमर्जिङ प्लेयर चुनिएका छन् ।
चितवनकै कमलसिंह ऐरीले 'डेर टु ड्रिम' अर्वाड पाएका छन् ।
उनीहरु दुबैले समान ५१ हजार नगद प्राप्त गरे ।
टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको थियो ।