काठमाडौं । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट खेल्ने पाकिस्तानको टिममा तीन खेलाडी परिवर्तन भएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले शनिबार विश्वकप खेल्ने १५ सदस्यीय टिममा तीन खेलाडी परिवर्तन भएको जनाएको छ ।
पाकिस्तानले यस अघि बाबर आजमको कप्तानीमा विश्वकप खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको थियो ।
पाकिस्तानले टिममा फखर जमान, हैदर अली र सर्फराज अहमेद समावेश गरिएको जनाएको छ ।
आजम खान, मोहमद हस्नेन र खुस्दिल साह टिमबाट बाहिरिएका छन् ।
टी-ट्वान्टी विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।
पाकिस्तान सुपर १२ को समूह २ मा रहेको छ ।
यस समूहमा भारत समेत रहेको छ ।
पाकिस्तानले पहिलो खेलमै भारतसँग खेल्नेछ ।
पाकिस्तानले भारतसँग अक्टोबर २४ मा प्रतिस्पर्धा गर्नेछ ।
भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।