काठमाडौं । युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी महेश्वर गहतराजले प्राप्त गरेका छन् ।
सत्ता गठबन्धन आबद्ध दल माओबादी केन्द्रको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले गहतराजलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।
गहतराजले शुक्रबारनै पद तथा गोपनियताको शपथ लिएका छन् ।
माओवादीका केन्द्रिय नेता गहतराजले पहिलो पटक मन्त्रीको जिम्मेवारी प्राप्त गरेका हुन् ।
उनी बाँके क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद हुन् ।
सुरुवातमा खेलकुद मन्त्रालय कांग्रेसको भागमा परेको थियो । अन्तिम समयमा प्रधानमन्त्री देउवाले माओवादीको भागमा परेको खानेपानी मन्त्रालय आफुले राख्न चाहेपछि गहतराजले खेलकुद मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका हुन् ।
माओवादी स्थायी कमिटी बैठकले गहतराज सहित देबेन्द्र पौडेल र शशि श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।
माओवादी जनयुद्ध कालका कमाण्डर नेता गहतराज पार्टीभित्र वैचारिक र शालिन नेताको रुपमा चिनिन्छन् ।